प्रधानमन्त्रीकप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट आजदेखि बैतडीमा
deshsanchar.com · Thu Jan 02 22:43:31 GMT 2025
बैतडी- प्रधानमन्त्रीकप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताए।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्काे खेल डोटी र बझाङ खेल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)