शाखा प्रबन्धक पक्राउ समाचार झुटो भएको सिद्धार्थ बैंकको स्पष्टीकरण
rajdhanidaily.com · Thu Jan 02 23:15:38 GMT 2025
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्पणबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा यस समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ ।
बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)