सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
rajdhanidaily.com · Thu Jan 02 23:20:19 GMT 2025
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पसाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टीको सदस्य नवीकरण गरिसकेकी छन् । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर पार्टी अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने रणनीति शीर्ष नेताहरूका बीचमा बनेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका पुनलाई पार्टीले उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ । पछिल्लो समय उनी आमन्त्रित सदस्यको हैसियतमा बैठकमा सहभागी हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)