सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम
barnanmedia.com · Thu Jan 02 23:14:16 GMT 2025

काठमाडौँ, १९ पुसः चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ ।
सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त हुनुहुन्छ । “पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन”, अधिकारीले भन्नुभयो, “यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने मुना राम्रो भएर आउँछ । पहिलो टिपाइ चैतमा हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)