मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्क निर्माणका लागि स्थानीयले आफैँ हटाउन सुरु गरे संरचना (तस्बिरसहित)

ratopati.com · Sat Jun 06 11:13:22 GMT 2026

पोखरा । पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् । महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही २४ गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैँ हटाउन सुरु गरेका हुन् ।

व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)