पाकिस्तानमा बम विस्फोट, ६ सैनिकको मृत्यु
ratopati.com · Fri Sep 18 07:46:11 GMT 2026

इस्लामवाद । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु भएको छ । घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिवानका सदस्य रहेको आशङ्का गरिएका १० जना आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ ।
खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन् । विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)