पशुपतिबाट झरना थापाले सुरु गरिन् ‘ए मेरो हजुर ५’ को रेगुलर छायांकन
nagariknews.nagariknetwork.com · Fri Sep 18 07:42:28 GMT 2026

सिनेमा ‘ए मरो हजुर ५’ को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ। २५ दिनको सेड्युलसहित आजदेखि सिनेमाको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले बताइन्।
यसअघि गत साउन २९ गते सिनेमा निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो। जहाँ उनीहरूले सिनेमाको केही सिन छायांकन गरेका थिए। त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो तर बाजुराका केही स्थानमा सुट गरे पनि आज पशुपतिबाट सिनेमाको नियमित छायांकन थालिएको निर्देशक थापाले स्पष्ट पारिन्। झरनाकै निर्देशनमा बन्ने सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)