नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता
rajdhanidaily.com · Tue Jun 02 13:08:48 GMT 2026

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए।
‘नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ’, उनले भने, ‘बेपत्ता भएका बालकको खोजी जारी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)