समाचारभन्दा माथि छन् मानिस
annapurnapost.com · Fri Sep 18 07:40:29 GMT 2026

पत्रकारिता सूचना बेच्ने व्यवसाय होइन, समाजप्रतिको नैतिक उत्तरदायित्व हो। कुनै दुर्घटना, प्राकृतिक विपत्ति वा मानवीय संकटपछि घाइते शरीर अस्पताल पुग्छ, तर त्यससँगै एउटा अर्को अदृश्य घाउ पनि जन्मिन्छ, मनको घाउ। शरीरमा लागेको चोट केही दिन, केही महिना वा उपचारपछि निको हुन सक्छ, तर भय, शोक, त्रास, प्रियजन गुमाएको पीडा र अचानक भोग्नु परेको विपत्तिको मानसिक आघात सामान्य अवस्थामा फर्किन लामो समय लाग्न सक्छ।
त्यसैले विपत्ति वा दुर्घटनाबाट शारीरिक र मानसिक रूपमा मर्माहत भएका व्यक्तिसँग व्यवहार गर्दा पत्रकारिताले सबैभन्दा पहिले मानिसलाई देख्नुपर्छ, समाचारलाई होइन। तर पछिल्ला केही घटनामा देखिएको एउटा प्रवृत्तिले गम्भीर प्रश्न उठाएको छ– केही सञ्चारकर्मी ‘पहिलो हुने’ प्रतिस्पर्धामा यति दौडिरहेका छन् कि पीडितको पीडा पनि उनीहरूका लागि एउटा ‘कन्टेन्ट’ बन्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)