बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार
barnanmedia.com · Wed Dec 03 20:15:00 GMT 2025

बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्याउन फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ । बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानूनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ ।
युक्रेनले सन् २०२६ र २०२७ का लागि करिब एक खर्ब ३० अर्ब युरो (एक खर्ब ५० अर्ब डलर) बराबरको बजेट र युद्धसम्बन्धी आवश्यकताहरू हुने अनुमान गरेको छ । इयुले यस आर्थिक खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाइसकेको छ, जसअन्तर्गत सन् २०२२ मा युद्ध सुरु भएदेखि हालसम्म एक खर्ब ७० अर्ब युरो (एक खर्ब ९७ अर्ब डलर) भन्दा बढी व्यय भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)