पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु
nepalnews.com · Fri Sep 18 08:02:52 GMT 2026

इस्लामावाद। उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ। घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको आशंका गरिएका १० जना आतंककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ।
खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन्। विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)