‘बेहुली’ हेर्न हलमा उर्लिए दर्शक, व्यापार २ करोड २७ लाख नाघ्यो
kalakarmi.com · Fri Sep 18 08:00:55 GMT 2026

काठमाडौं- फिल्म ‘बेहुली’ ले पहिलो हप्तामा शानदार व्यापार गर्दै दोस्रो हप्तामा सुखद प्रवेश गरेको छ । प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार प्राप्त व्यावसायिक रिपोर्टका आधारमा यस फिल्मले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ । यो आम्दानी सँगै रिलिज भएका तथा केही अगाडि प्रदर्शनमा आएका अन्य फिल्महरूको तुलनामा निकै उच्च हो ।
देशभरका विभिन्न हलहरूमा दर्शकको अत्यन्तै राम्रो साथ पाइरहेको यस फिल्मका मुख्य कलाकारहरू पारस बम ठकुरी र दिव्या रायमाझी यतिबेला हलमै पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । हल भ्रमणका क्रममा हरेक ठाउँबाट उनीहरूले अभूतपूर्व माया पाइरहेका छन् भने दर्शकहरूले ‘बेहुली’ लाई एउटा उत्कृष्ट र हेर्नैपर्ने फिल्मको दर्जा दिएका छन् । दर्शकको यही बलियो प्रतिक्रिया र उत्कृष्ट व्यवसायका साथ फिल्मले दोस्रो हप्तामा आफ्नो बलियो यात्रा जारी राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)