जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध
nepalpress.com · Fri Sep 18 08:00:44 GMT 2026

जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोश्रो महाधिवेशन अन्तरग बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा निर्विरोध भएपनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोस्राे महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)