बीमा क्षेत्रमा २३ अर्बभन्दा बढीको दाबी, ८ अर्ब ८२ करोड भुक्तानी
ratopati.com · Fri Sep 18 08:15:00 GMT 2026

विराटनगर । २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्रमा २३ अर्ब रुपैयाँभन्दा बढीको क्षति दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले दिएको विवरण अनुसार आन्दोलनका कारण सिर्जित परिस्थितिका आधारमा कुल ३ हजार ३९० वटा दाबीमार्फत २३ अर्ब १९ करोड २८ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको हो ।
यसरी परेका दाबीमध्ये बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित हालसम्म ८ अर्ब ८२ करोड ४९ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्, जुन कुल माग गरिएको रकमको ३८ प्रतिशतभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)