दिनिशाको नर्स बन्ने सपना बाढीले बगायो, अझै बाटाे कुरिरहेका छन् आमाबुबा !
kendrabindu.com · Fri Sep 18 08:12:21 GMT 2026

काठमाडौं । नर्सिङ पढेर बिरामीको सेवा गर्ने, आफ्ना चार जना भाइबहिनीलाई पढाउने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर रसुवा पुगेकी डोल्पा मुड्केचुला गाउँपालिका–१ की २४ वर्षीया दिनिशा शाही अहिले एउटा परिवारको कहिल्यै नसकिने पर्खाइ बनेकी छन्।
डोल्पाको विकट भूगोलमा जन्मिएकी दिनिशा बुबा पृथीबहादुर शाही र आमा विष्णुकुमारी शाहीकी जेठी छोरी हुन् । घरमा उनीपछि चार जना भाइबहिनी छन्। परिवारमा जेठी छोरी भएका कारण आमाबुबाको आशा पनि उनैसँग जोडिएको थियो। ‘छोरीले पढेर केही गर्छे, भाइबहिनीलाई पढाउँछे र परिवारको आर्थिक सहारा बन्छे’ भन्ने आमाबुबाको सपना दिनिशाको आफ्नै सपना बनेको थियो। अभाव र कठिनाइबीच हुर्किए पनि उनले पढाइलाई निरन्तरता दिइन्। मिहिनेत गरेर स्टाफ नर्सको अध्ययन पूरा गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)