भारत-भुटान ऊर्जा सहकार्य विस्तार
gorkhapatraonline.com · Fri Sep 18 08:14:11 GMT 2026

भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपियाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए । दुवै पक्षले भारत-भुटान ऊर्जा साझेदारीमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै एक हजार २० मेगावाटको पुनात्साङछु-२ जलविद्युत् आयोजना उदघाटन र एक हजार २०० मेगावाटको पुनात्साङछु-१ आयोजनाको बाँध निर्माण पुनः सुरु भएको विषयलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)