नेपालीको रोजगारीको गन्तव्य चीनको ताक्लाकोट : यवर्ष दुई हजारभन्दा बढीले लिए अनुमति
nepalviews.com · Fri Sep 18 08:10:18 GMT 2026

हुम्ला । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् । हुम्लावासीले सीमापास लिएका हुन् ।
बर्सेनि उनीहरू रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरू अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र मात्रै जान पाउने व्यवस्था छ । बर्षेनी हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)