आम्दानीको स्रोत बन्दै भटमास खेती
barnanmedia.com · Fri Sep 18 08:04:49 GMT 2026

भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् । अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी हुन थालेपछि यहाँका किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका-५ का किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो रु १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उहाँले बताउनुभयो । थोरै लगानी र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)