मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा जहाज दुर्घटना : इन्जिनले पावर नदिँदा जहाज खसेको आयोगको प्रारम्भिक अनुमान

nayapatrikadaily.com · Tue Feb 07 00:26:00 GMT 2023

जहाज अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको ‘एटिआर–७२’ पोखरामा दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक ठहर गरेको छ । ९एन–एएनसी कलसाइन नम्बरको जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानमा देखिएको छ । इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो ।

१ माघमा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’मा रहेको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट इन्जिनका प्रोपेलर फेदरमा गएको देखिएको हो । सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी)मा लगेर फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गरिएको थियो । डाटा विश्लेषणका लागि सिंगापुर गएका आयोगका पदाधिकारी काम सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)