पिलर भाँचिएपछि १५ वर्ष अल्झिएको कमला पुलको काम अन्तिम चरणमा
kendrabindu.com · Fri Sep 18 08:17:53 GMT 2026

काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहालाई जोड्ने पुल अबको दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादलगायत कारण लामो समयदेखि रोकिएको आयोजनाको बाँकी काम पूर्वाधार विकास मन्त्रालयले मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि तीव्र गतिमा अघि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)