गाउँमा बेरोजगार, ताक्लाकोटमा लाखौँको कमाइ : २ हजारभन्दा बढी हुम्लीले लिए सीमापास
kalakarmi.com · Fri Sep 18 08:16:42 GMT 2026

हुम्ला- हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन (तिब्बत) को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् ।
छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी हुम्लावासीले सीमापास लिएका हुन् । बर्षेनी उनीहरु रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरु अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र मात्रै जान पाउने व्यवस्था छ । बर्षेनी हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)