जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध
canadanepal.com · Fri Sep 18 08:16:34 GMT 2026

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा.सीके राउत निर्विरोध निर्वाचित भएका छन् । स्थापनाकालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका राउत पुन: अध्यक्षमा चयन भएका हुन् ।
जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगन्जमा हुँदैछ । पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)