महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत
deshsanchar.com · Fri Aug 08 17:15:16 GMT 2025

महोत्तरी – महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ। साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो।
साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो। हिजो बिहीबार साउन चौथो साता सुरु हउञ्जेलसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ।“साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको छ, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन्, “रोपाइँ आज ६० प्रतिशतको हाराहारी पुगेको छ।” साउन मसान्तसम्म यसै गतिमा रोपाइँ बढ्नसक्दा ८० प्रतिशत नाघ्ने कार्यालयको अड्कल छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)