नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
ratopati.com · Fri Jul 17 18:56:44 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालासँग छलफल गर्न बैठक बोलाएको छ ।
अर्थ समितिको १७ औँ बैठक आगामी आइतबार बिहान साढे ९ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची तय गरिएको समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)