रुपन्देही जिल्ला भलिबल सङ्घमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
ratopati.com · Fri Sep 18 08:28:08 GMT 2026
बुटवल। जिल्ला भलिबल सङ्घ रुपन्देहीको अध्यक्षमा रामबहादुर थापा चयन भएका छन् । सङ्घको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
शुक्रबार बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लोकेन्द्रबहादुर भण्डारी र महेश खनाल, सचिवमा मिलन राना तथा कोषाध्यक्षमा इन्दिरा राना चयन भएका छन्। यस्तै सदस्यहरूमा अर्जुन घिमिरे, किरण पोखरेल, किसनबहादुर चन्द, थम्मन खत्री, प्रताप खवास र लालप्रकाश थापा निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)