गुराँस लघुवित्तका सेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
reportersnepal.com · Fri Sep 18 08:25:44 GMT 2026

काठमाडौं, २ असोज । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त प्रतिफल बाँड्ने प्रस्ताव अघि सारेको हो ।
सञ्चालक समितिको निर्णयअनुसार, सेयरधनीहरूले ९.५ प्रतिशत चुक्ता पुँजीको बोनस सेयर प्राप्त गर्नेछन् । त्यस्तै, सो बोनस सेयरमा लाग्ने कर तिर्नका लागि संस्थाले ०.५ प्रतिशत नगद लाभांशसमेत छुट्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)