बजेटको आकार र सांसदका योजनाबीच अल्झियो सुदूरपश्चिम सरकार
kendrabindu.com · Fri Sep 18 08:34:13 GMT 2026

काठमाडाैं । असोजको पहिलो सातासम्म पनि सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको टुंगोमा पुग्न सकेको छैन । बजेटको आकार निर्धारण गर्न नसक्नु र अघिल्लो बजेटमा समेटिएका सांसदका योजना कायम राख्नुपर्ने दबाबका कारण सरकार अलमलमा परेको हो ।
सरकारले बजेटको आकारबारे यकिन गर्न सकेको छैन । कति आकारको बजेट ल्याउने भन्ने नै यकिन भएको देखिँदैन, आकार यकिन भएपछि मन्त्रालयहरूलाई सिलिङ बाँडफाँट गर्ने पद्धति रहिआएको छ । यथार्थ आम्दानीमा आधारित बजेट ल्याउने या जोखिम मोल्दै यथार्थ आम्दानी रकमभन्दा बढाएर बजेट ल्याउने भन्ने अन्योलमा सरकार रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)