मनास्लु आधार शिविरमा दुईसातादेखि निरन्तर वर्षा
annapurnapost.com · Fri Sep 18 08:25:03 GMT 2026

गोरखा : मनास्लु आधार शिविरमा विगत दुई सातादेखि निरन्तर पानी परिरहेको छ । ४ हजार ८०० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा निरन्तर वर्षा भइरहेको स्थानीय नाङ्सेल छ्योदेन लामाले जानकारी दिइन् ।
निरन्तरको वर्षाले मनास्लु आधार शिविरमा पहिरो गएको उनले बताइन् । ‘यति धेरै उचाइमा विगतका वर्षमा कहिल्यै पनि यसरी बर्सात हुँदैनथ्यो । यसपाली किन यति धेरै पानी परिरहेको छ’, उनले भनिन्,‘आकाशको पानीले हिउँ पलाग्ने रहेछ । त्यसैले हिउँ पनि पग्लिएको छ । वरिपरि हिउँ देखिदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)