गणेश चतुर्थीमा प्रसाद नखाएपछि रणवीर कपुर सामाजिक सञ्जालमा ट्रोल
barnanmedia.com · Fri Sep 18 08:28:58 GMT 2026

गणेश चतुर्थीको अवसरमा बलिउड अभिनेता रणवीर कपुर गणेश भगवानको प्रसाद खान अस्वीकार गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र ट्रोलको शिकार बनेका छन्।
गणपति पण्डालमा दर्शन गरी फर्किने क्रममा सेवादारले दिएको मिठाईको बाकस ग्रहण गरेलगत्तै रणवीरले आफू 'डाइट' मा रहेको बताउँदै उक्त प्रसाद त्यहाँ उपस्थित मिडियाकर्मी (प्यापराजी) लाई हस्तान्तरण गरेका थिए। "म त डाइटमा छु, तपाईंहरू खानुहुन्छ?" भन्दै प्रसाद नखाई अरूलाई दिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आक्रोशित बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)