नवनियुक्त उपकुलपतिलाई अनेरास्ववियूको १५ बुँदे ध्यानाकर्षण पत्र
nepalpress.com · Thu Mar 07 16:53:22 GMT 2024
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नवनियुक्त उपकुलपति केशरजंग बराललाई त्रिवि सुधारका लागि १५ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार संगठनका कार्यबाहक अध्यक्ष नरेश न्यौपानेको नेतृत्वको टोलीले यथाशीघ्र प्रविणता प्रमाणपत्र तह सञ्चालनमा ल्याउनुपर्ने, परिक्षा सकिएको तीन महिनाभित्र परिक्षाफल प्रकाशन गर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवस्थित क्यालेण्डर निर्माण गर्नुपर्ने लगायतका १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
‘समाजवादोन्मुख व्यवस्थामा मुलुक प्रवेश गरिसकेको अवस्थामा समग्र शिक्षा प्रणालीलाई समाजवादी मूल्य एवं मान्यताबाट अघि बढाउने कार्यको नेतृत्व त्रिभुवन विश्वविद्यालयले गर्नुपर्छ भन्ने विषयमा अनेरास्ववियू स्पष्ट छ । समाजवादी शिक्षा प्रणाली लागु गर्ने मुख्य र पहिलो शर्त भनेको सीप, प्रविधि, अनुसन्धान, रोजगारी र अन्ततःमुलुकको समृद्धीसँग जोडिएको पाठ्यक्रमको विकास नै हो। यसको नेतृत्व त्रिभुवन विश्वविद्यालयले गर्नुपर्दछ।’ कार्यबाहक अध्यक्ष न्यौपानेले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)