मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रलोपाको महाधिवेशन असोजमा, पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणीप्रति खेद व्यक्त

ratopati.com · Tue Jun 02 13:57:20 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी नेतृत्वप्रति लक्षित गरी गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ ।

ललितपुरमा जेठ १६ र १७ गते बसेको पार्टीको सचिवालयको विस्तारित बैठकले डा. भट्टराईको टिप्पणीलाई खारेज गर्ने निर्णय गरेको हो । यसअघि सांगठनिक कार्यहरूमा सहभागी नहुने स्वैच्छिक जानकारी गराएपश्चात् पार्टीले उनलाई ससम्मान बिदाइ गरिसकेको भए तापनि आफू संलग्न नरहेको पार्टीको नेतृत्वमाथि भट्टराईले 'अराजनीतिक एवं स्तरहीन' टिप्पणी गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीले आरोप लगाएको छ ।

त्यसैगरी पार्टी अध्यक्ष सन्तोष परियारद्वारा जारी विज्ञप्तिमा बैठकले पार्टीको प्रथम एकता महाधिवेशन आगामी असोज ११, १२ र १३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्नका लागि वर्तमान २९९ सदस्यीय केन्द्रीय समितिलाई 'मूल महाधिवेशन आयोजक समिति'मा रूपान्तरण गरिएको छ । साथै, महाधिवेशन सम्पन्न गर्न प्रदेश इन्चार्ज र विभागीय प्रमुखहरू समेत सम्मिलित २७ सदस्यीय सचिवालय गठन गरिएको छ । महाधिवेशन आयोजक कमिटीको बैठक आगामी साउन तेस्रो हप्ता बस्ने तय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय