‘वसन्ती’ बनाउँदै रायमाझी, मुख्य भूमिकामा खेम र टेरिया
kalakarmi.com · Fri Sep 18 08:42:34 GMT 2026

काठमाडौं– निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली फिल्म ‘वसन्ती’ बनाउने घोषणा गरेका छन् । शुक्रवार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै यो फिल्म निर्माणको औपचारिक घोषणा गरिएको छ ।
यसअघि पनि ‘वसन्ती’ नामको फिल्म निर्माण भइसकेको छ । २०५७ सालमा नीर शाहले यही नाममा फिल्म बनाएका थिए । उक्त फिल्म उपन्यासकार डायमण्ड शमशेर राणाको उपन्यास ‘वसन्ती’ मा आधारित थियो । फिल्म फिल्म प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)