सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट
barnanmedia.com · Fri Sep 18 08:36:49 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले उहाँको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताबारे छलफल हुनाका साथै सूचना प्रविधि, ‘डिजिटल’ अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)