भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु
baahrakhari.com · Fri Aug 08 17:48:05 GMT 2025

बाजुरा । बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रबार दिउँसो भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)