लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु
ratopati.com · Fri Sep 18 08:48:19 GMT 2026

बुटवल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ले लुम्बिनी कुनै देशको सीमाभन्दा माथिको साझा सम्पदा भएको बताएका छन्। बृहत्तर लुम्बिनी क्षेत्रको संरक्षण र विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस्तो धारणा राखेका हुन्।
लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले लुम्बिनीको संरक्षण, विकास र विश्वव्यापी प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)