नेकपाले भन्यो– मधेस प्रदेशमा राज्यको विभेदले गरिबी र बेरोजगारी हट्न सकेन
ratopati.com · Fri Sep 18 08:47:59 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले मधेस प्रदेशको विकास र समृद्धिमा राज्यबाटै विभेद भइरहेको बताएको छ । राष्ट्रियसभाको बैठकमा पार्टीकी सांसद उर्मिला अर्यालले मुलुकको कुल जनसङ्ख्यामा दोस्रो ठुलो हिस्सा ओगटेको मधेस प्रदेश हरेक क्षेत्रमा पछाडि पारिएको गुनासो गरिन्।
सांसद अर्यालले मधेस प्रदेशको अवस्थाबारे प्रकाश पार्दै भनिन्, ‘तथ्यांकअनुसार मधेस प्रदेशको जनसङ्ख्याको घनत्व ६३३ जना प्रतिवर्ग किलोमिटर छ, जुन अन्य प्रदेशको तुलनामा निकै बढी हो। तर, आर्थिक र सामाजिक विकासमा भने यो प्रदेश पछाडि पारिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)