जमिनमुनिबाट धुवाँ आयो, स्थानीय त्रसित
annapurnapost.com · Fri Sep 18 08:35:40 GMT 2026

हुप्सेकोट (नवलपुर) : नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगामा ६ महिनादेखि जमिनमुनिबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासीमा भीषण त्रास छाएको छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा आएको विज्ञ टोलीले प्रारम्भिक अध्ययन गरी नडराउन आग्रह गरे पनि गाउँलेको त्रास कम हुन सकेको छैन।
हुप्सेकोट–६ का वडाध्यक्ष छामबहादुर सोमैमगरले ६ महिनादेखि नागरिक त्रासमै बाँच्न बाध्य भएको बताए। उनले भने, ‘मान्छेहरू त्रासमै छन्, राति पनि पहिरो जाने हो कि, ज्वालामुखी निस्कने हो कि भनेर सुत्ने अवस्था छैन।’ वडाध्यक्ष सोमैमगरका अनुसार काठमाडौंबाट आएको विज्ञ टोलीले सचेत रहन आग्रह गरेको छ। उनले थपे, ‘धुवाँ कहिलेसम्म आइरहने हो, गाउँ नै छाड्नुपर्ने हो कि भन्ने त्रासमा गाउँले छन्। यो स्थानीय सरकारको मात्र विषय नभएकाले संघीय सरकारले तत्काल समाधान गरोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)