ट्रेकिङ गाइडलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान
deshsanchar.com · Fri Aug 08 17:45:15 GMT 2025

काठमाडाैँ – नेपाल एडभेन्चर एकेडेमीले ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान गरेको छ। नेपालको पर्यटकीय क्षेत्र र यस क्षेत्रमा काम गर्ने गाइडहरुलाई सक्षम बनाउने र कसरी पर्यटकलाई आकर्षित बनाउने तथा अन्तरासष्ट्रिय तरिकाले कसरी ग्रुप मेनेज गर्न सकिन्छ भन्ने उद्धेश्यले नेपाल एडभेन्चर एकेडेमीले असार २० गदेखि साउन २० गतेसम्मे एडभान्स ट्रेकिङ गाइड (प्रो लेवल) प्रशिक्षण सञ्चालन गरेको हो। प्रशिक्षणमा ३२ जना प्रशिक्षार्थीहरु तथा ट्रेकिङ गाइडहरु सहभागी थिए।
एक महिने प्रशिक्षणको पूर्व उर्जा राज्य मन्त्री तथा संघीय सांसद सुर्यमान दोङको प्रमुख आतिथ्यतामा नेपाल एडभेन्चर एकेडेमीको कार्यालय चावहिलमा मंगलबार समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै पूर्व पूर्व उर्जा राज्य मन्त्री तथा संघीय सांसद सुर्यमान दोङले यो प्रशिक्षण पछि आफुले जानेका कुरा आफ्नो गाउँ, ठाउँ र समाजमा पनि पर्यटकको विकासको लागि योगदान दिन आह्वान गर्दै सवै प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)