वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा
rajdhanidaily.com · Tue Jun 02 14:11:08 GMT 2026
वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख (मेयर) राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतमा मंगलबार भएको थुनछेक बहस पछि मेयर सिंहलाई कुल ४ लाख १५ हजार धरौटीमा रिहा गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको हो ।
लिखत कसुर गरेको अभियोगमा पक्राउ गर्न पर्सा जिल्ला अदालतले गएको जेठ १२ गतेको पत्र प्रहरीलाई उपलब्ध गराएपछि मंगलबार बिहान उनी प्रहरीले नियन्त्रणमा परेका थिए । प्रहरीले मेयर सिंहलाई मंगलबार नै पर्सा जिल्ला अदालतमा पेश गरेपछि उनको पक्षका चार र अर्को पक्षका ११ वकिलले बहस गरेपछि पर्सा जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७२ समेतलाई विचार गरी दफा ६८ बमोजिम हाललाई ४ लाख र १५ हजार धरौटी लिई तारिखमा राखी दफा ७९ बमोजिम गर्नु भनी आदेश भएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार प्रभावकर मल्लिकले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
राजेशमान सिंह