व्यापारिक केन्द्र बन्दै कोरला, दुई महिनामै ३ अर्बमाथि राजस्व
nepalsamaya.com · Fri Sep 18 08:50:11 GMT 2026

काठमाडौं- नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुन थालेको मुस्ताङको कोरला नाकाले चालू आवको दुई महिनामा तीन अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
नेपाल–चीन व्यापारका लागि प्रयोग हुँदै आएको रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरला नाका मार्फत व्यापारिक गतिविधि बढ्दा ठूलो मात्रामा राजस्व संकलन भएको हो।गत भदौ १० को बाढीले भन्सार कार्यालयसहित सडक पूर्वाधार बग्दा रसुवागढी नाका पूर्ण रुपमा अवरुद्ध छ भने चीनले तातोपानी नाका पनि अस्थायी रुपमा बन्द गरेको छ। यस्तोमा नेपाल–चीन स्थलगत व्यापार कोरला नाकाले थेगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)