छेला औद्योगिक क्षेत्र बनाउने घोषणा भएको एक दशकपछि जग्गाको भोगाधिकार
onlinekhabar.com · Fri Sep 18 08:42:20 GMT 2026

२ असोज, महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ ।
यहाँको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रलाई २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रको विकास एवं विस्तारका लागि २०५२ सालमा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको काम वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को स्वीकृतीपछि काम अघि बढ्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)