ट्रम्प-किम वार्ताका लागि सियोलको पहल
barnanmedia.com · Fri Sep 18 08:41:43 GMT 2026

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्ट रूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको बताउँदै प्योङयाङ र वासिङ्टनबीच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जारी राख्ने बताएका छन् ।
राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताए । उनले आफूले पनि राष्ट्रपति ट्रम्पलाई वार्तामा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिए । ट्रम्पले यस वर्षको अन्त्यसम्म किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)