भोटेकोसी बाढी : डीएनए परीक्षणका लागि ललितपुरमा नमूना संकलन
baahrakhari.com · Fri Sep 18 08:52:39 GMT 2026

ललितपुर । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण भइरहेको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापा क्षेत्रीका अनुसार, डीएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना संकलन भइसकेको छ ।
“अहिलेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ल्याबमा ८३७ शव र ८२५ वटा परिवारका सदस्यको नमूना आएको छ," उनले भने, "प्राप्त आफन्तको रगतको नमूनामध्ये ५८८ वटाको डीएनए परीक्षण भइसकेको छ भने ८३७ मध्ये १९ वटा शवको मात्र डीएनए परीक्षण भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)