एमालेले भन्यो– सङ्घीयताको मर्मअनुसार अधिकार र स्रोतको बाँडफाँड हुन सकेन
ratopati.com · Fri Sep 18 08:57:27 GMT 2026

काठमाडौँ । नेकपा एमालेले संविधानले परिकल्पना गरेको सङ्घीयताको मर्मअनुसार तीन तहका सरकारबिच समन्वय र अधिकारको बाँडफाँड हुन नसकेको बताएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा एमाले सांसद रोश्नी मेचेले संविधान जारी भएको लामो समय बितिसक्दा पनि अधिकारको अस्पष्टता, बजेट हस्तान्तरणमा असन्तुलन र आधारभूत कानुनको अभावका कारण जनताले सङ्घीयताको वास्तविक प्रतिफल पाउन नसकेको बताइन्।
सांसद मेचेले हालसम्म पनि सङ्घीय बजेटमा सशर्त अनुदानकै दबदबा रहेको भन्दै यसले प्रदेश र स्थानीय सरकारलाई सिंहदरबारको मुख ताक्नुपर्ने बाध्यतामा पारेको बताइन्। उनले भनिन्, ‘प्रदेश र स्थानीय तहको स्वायत्तता जोगाउँदै वित्तीय समानीकरण अनुदानलाई कसरी वस्तुनिष्ठ र न्यायिक बनाउन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान जानुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)