मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उन्नाइस लाख बढी मूल्यको फर्सीको बीउ बरामद

barnanmedia.com · Tue Jun 02 14:08:28 GMT 2026

जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।

विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो । नीज दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय