राष्ट्रियसभा बैठक : अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग
ratopati.com · Fri Sep 18 09:04:08 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाको शुक्रबारकाे बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बाराकी बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको भन्दै यसको न्यायिक छानबिन गर्न माग गरे। सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै त्यससम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)