निमित्त उपकुलपति नियुक्त
gorkhapatraonline.com · Fri Mar 08 00:22:18 GMT 2024
काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा प्राडा केशरसिंह रानालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । तत्कालीन उपकुलपति प्राडा नन्दबहादुर सिंहको चारवर्षे कार्यकाल सकिएपछि यो विश्वविद्यालय फागुन १९ गतेदेखि उपकुलपतिविहीन थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)