कहिले शुरु हुन्छ विद्युतीय यात्रुवाहक विमानको उडान ?
kharibot.com · Tue Feb 01 23:45:00 GMT 2022
काठमाडौँ । विश्वको पहिलो सबै विद्युतीय यात्रुवाहक विमानले उडान भर्ने तयारी गरेको छ । इजरायली कम्पनी इभिएसनले बनाएको एलिस विमानको गत साता सिएटलको उत्तरमा अर्लिङ्टन म्युनिसिपल एयरपोर्टमा इन्जिन परीक्षण गरिएको छ । इभिएशनका सीईओ ओमर बार-योहेका अनुसार एलिस आफ्नो पहिलो उडानबाट केही हप्ता मात्र टाढा रहेको छ ।
विद्युतीय कार वा सेल फोन जस्तै ब्याट्री प्रविधि र ३० मिनेट चार्जिङको साथ, नौ यात्रु एलिसले एक घण्टा, र करिब ४४० समुद्री माइल उड्न सक्ने बताइएको छ । विमानको अधिकतम क्रूज गति ४६१ किमी प्रति घण्टा छ । जबकी बोइङ ७३७ को अधिकतम क्रूज गति ९४६ किमी प्रति घण्टा छ । विद्युतीय हवाई यात्रामा मात्र केन्द्रित रहेको कम्पनीले २० देखि ४० जना यात्रु अटाउन सक्ने विद्युतीय विमानहरू सातदेखि १० वर्षमा बनाइसक्ने गरि काम गरिरहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)