निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार
nepalnews.com · Fri Sep 18 09:05:08 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ।
यहाँको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रलाई २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो। सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रको विकास एवं विस्तारका लागि २०५२ सालमा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको काम वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को स्वीकृतिपछि काम अघि बढ्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)