पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग
ratopati.com · Fri Sep 18 09:11:47 GMT 2026

पाल्पा । पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन्। सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए। कैदीबन्दीले कारागारभित्र उद्यमशिलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)